सर्लाहीमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या

रबिन्द्र प्रजापति, असार ७ गते रौतहट ।
सर्लाहीमा एक युवकको हत्या भएको छ । सर्लाहीको कबिलासी नगरपालिका ८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको हो । शव भेटिएको ठाउँमा सडकमा र घटनास्थलमा पनि रगतका छिटा देखिएको छ । मंगलबार बिहान हत्या भएको अवस्थामा उनको शव घरभन्दा केही पर सडक छेउको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जनाएको छ । युवकको शव मंगलबार अर्थात आज बिहान फेला परेपछ प्रहरीलाई स्थानीयले खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

error: Content is protected !!