कटहरिया नगरपालिकाको छैठों नगरसभा सम्पन्न, ३६ करोड ८९ लाख ६२ हजार बजेट पारित

रबिन्द्र प्रजापति, असार ११ गते रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको छैठौ नगर सभा शुक्रवार सम्पन्न भएको छ । नगरपालिकाको छैठों बजेट अधिवेशन नव निर्वाचित जनप्रतिनिधि द्वारा सम्पन्न भएको छ ।कटहरिया स्थित विवाह भवनमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको छैठौ नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति एवं रौतहट क्षेत्र नम्बर ३ का संविधान सभा सदस्य जितेन्द्र कुमार यादव (सुनिल)को प्रमुख अतिथ्य तथा कटहरिया नगरपालिकाको मेयर अजय प्रकाश जैसवालको सभा अध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि ३६ कराेड ८९ लाख ६२ हजार आय व्यय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनु भयो ।
सो कार्यक्रममा कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादव(जितेन्द्र) नगरपालिकाकी उपप्रमुख रिता देवी,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता लगायत सबै वडाका वडा अध्यक्षहरु नेता वाल्मीकि यादव जवाहरलाल यादव विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी पत्रकार शिक्षक शिक्षिका लगायत आम जनसमुदायको विशेष सहभागिता नगर सभा सम्पन्न भएको थियो ।

error: Content is protected !!