सदरमुकाम मलंगवास्थित कुशुम पार्टी प्यालेशमा एक भव्य कार्यक्रमको आयोजना गरि अभियानकाे शुभारम्भ गरिएको हो ।
अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश नेताहरुले आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा सर्लाहीमा काँग्रेसले बढीभन्दा बढी सिट पाउनुपर्ने जिकिर गरेका छन् ।
सर्लाही जिल्लालाई नेपाली काँग्रेसको गढ रहेको दाबी गर्दै नेताहरुले स्थानीय तह निर्वाचनमा जिल्लाका १२ पालिकामा काँग्रेस विजयी भएकोले स्थानीय तह निर्वाचनमा प्राप्त मतकै आधारमा गठबन्धनमा सिट बाँडफाँड हुनुपर्ने मत राखेका हुन ।
बलियोसँग कमजोरले गठबन्धन नहुने तर्क गर्दै काँग्रेस आफैमा बलियो हुँदाहुँदै गठबन्धनको नाममा यहाँ फरक पार्टीलाई मतहाल्न नसकिने बताए । स्थानीय तहमा पाएको मत र जितेको पालिका संख्याको आधारमा पनि जनताले काँग्रेसलाई बढी भरोसा गरेको स्पष्ट भएको भक्ताहरूकाे तर्क थियोे ।
स्थानीय निर्वाचनमा प्राप्त गरेको मतको आधारमा सर्लाहीमा कंग्रेसले ३ वटा क्षेत्र पाउनुपर्ने उनिहरूकाे दाबी छ।
‘गबन्धन गर्नु राम्रो हो,`केन्द्रीय निर्णयको हामी स्वागत र सम्मान नै गर्छौं´ तर हामी बलियो भएको ठाउँमा अरुलाई सिट दिए त्यहाँ विद्रोह हुन्छ,`कंग्रेसका एक नेता भने´, ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै ,कांग्रेस नेताहरूले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि भएपनि अहिलेको गठबन्धन आवश्यक रहेको बताए ।
कंग्रेसका एक नेताले भारतकाे उदाहरण प्रस्तुत गर्दै , प्रधानमन्त्री नरेन्द्र माेदिलेसमेत गठबन्धन गरेरै चुनाव लडेको तर्क गरे ।उनले पार्टीमा भएका कमीकमजोरीलाई सच्याउन सकिने भन्दै आलोचनाका नाममा अराजक नबन्न आग्रह गरे ।
मधेश प्रदेशमा नेपाली काँग्रेस आफैमा बलियो भएकोले यहाँ गठबन्धन आवश्यक नभएको तर केन्द्रले गरेको निर्णय अनुसार नै प्रदेश र जिल्ला समेत अघि बढ्नु पर्ने उनिहरूकाे तर्क थियो ।
शुभारम्भ कार्यक्रम सदरमुकाम मलंगवास्थित कुशुम पार्टी प्यालेसमा जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षता तथा केन्द्रीय सदस्य दिनेश कुमार रायको प्रमुख आतिथ्यतामा भएको थियो ।
अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रीय सदस्य यादवले अभियानको बारेमा जानकारी गराएका थिए । उनले पहिलो चरणको अभियान भाद्र १० गतेदेखि २४ गते विपी जन्मजयन्तीका दिनसम्म चल्नेछ । त्यस्तै दोश्रो चरणको अभियान समानुपातिक उमेदवारी दर्ता पछि र तेश्रो चरणको अभियान प्रत्यक्षतर्फको उमेदवारी दर्तापछि चल्ने बताए ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ,केन्द्रीय सदस्य यादवले अभियानको चार उद्देश्यका बारेमा प्रष्ट्याएका थिए । अभियानका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।,
जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने रहेको बताएका थिए ।
त्यस्तै कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवम् समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने र निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने बताए ।
काँग्रेस सर्लाहीका सचिव निरज कार्कीले सञ्चलन गरेको शुभारम्भ कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तह तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।