कटहरिया बहुमुखी क्याम्पसको चार तल्ले पक्कि भवनको शिलान्यास

रबिन्द्र प्रजापति, मंसिर २६ गते रौतहट । रौतहटको कटहरियामा अवस्थित कटहरिया बहुमुखी क्याम्पसको चार तल्ले पक्कि भवनको लागि शिलान्यास गरिएको हो।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ कटहरिया रहेको कटहरिया बहुमुखी क्याम्पसको थप नयाँ भवनको लागि सोमबार एक कार्यक्रम का बिच बहुमुखी क्याम्पसका अध्यक्ष राम अधार यादवले शिलान्यास गरेका छन।
कटहहरिया नगरपालिका –१ को सुर्या कन्ट्राक्सन द्वारा ठेक्का भई विश्व बिधालयको अनुदान बाट रु ३५ लाख ९७ हजार ८ सय ३९ रुपैया ६८ पैसा बराबरको रकम बाट चार तल्ले पक्की भवन बन्नको लागि शिलान्यास गरिएको छ।
शिलान्यास कार्यक्रममा कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, कटहरिया बहुमुखी क्याम्पसका अध्यक्ष रामअधार यादव,कटहरिया बहुमुखी क्याम्पस प्रमुख गजेन्द्र यादव, जनता माबी कटहरियाका प्र.अ. योगेन्द्र कुशवाहा,
स्थानीय नेता एवं कटहरिया मेयर प्रत्यासी नसरुदिन अन्सारी,बहुमुखी क्याम्पसका लेखा प्रमुख राम निवास यादव,बिधालय र क्याम्पसका सम्पुर्ण शिक्षक शिक्षिका तथा स्थानीय नेता भद्र भलादमी बुद्धिजीवी तथा पत्रकारको उपस्थिति थियो ।