रौतहटमा बुधवार बिहान देखि जाडो बढदै, जनजीवन प्रभाबित

रबिन्द्र प्रजापति, मंसिर २८ गते रौतहट ।
रौतहटमा बुधवार बिहान देखि जोडो बढेको छ ।
बिहानै देखी बाक्लो हुस्सु लागेका कारण जाडो बढदा जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सुका कारण जिल्ला सदरमुकाम गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रपुर लगायतका स्थानको जाडोका करण जनजिवन प्रभावित बन्दै जान थालेको पाईएको छ ।
जिल्लाको कटहरिया लगाएतका स्थानमा बिहान देखी मधुरो घाम लागेको भएपनि जिल्लाको दक्षिणी र उत्तरी भेगमा भने बाक्लो हुस्सुका कारण जनजिवन प्रभावित बन्दै जान थालेको स्थानियहरुले बताएको छ ।
चिसो बढे सगै बालबालिका,बृद्धबृद्धा ,बिरामीहरुको विशेष ख्यान राख्न चिकित्सकहरुले सुझाव दिएका छन ।
जाडो बढ्दा न्यानो कपडाका लागी रौतहटको कटहरिया, गौर, गरुडा, चन्द्रनिगाहपुर लगाएको बजारमा न्यानो कपडाको बिक्री बढेको खबर प्राप्त भएको छ।

error: Content is protected !!