जिल्ला प्रहरी कार्यालय रौतहटले पुस मसान्त सम्मको प्रगती बिबरण गरे सार्वजनिक

रबिन्द्र प्रजापति,माघ १६ गते रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक बर्षको पुस मसान्त सम्मको प्रगती बिबरण सार्वजनिक गरेको छ । भन्सार छली , विभिन्न अपराधिक गतिविधिहरु लगायत जिल्लाको शान्ति सुरक्षाको अवस्था विगत भन्दा सुधारोन्मुख रहेको तथ्याङकले देखाएको छ । प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालय गौर सहित मातहतका सम्पूर्ण युनिट इन्चार्ज देखि लिएर कार्यरत प्रहरी कर्मचारीलाई दिएको निर्देशन अनुरुप राम्रो काम भएको पाईएको छ । फैसला कार्यान्वयन, फरार प्रतिबादीलाई पक्राउ, ज्यान मुद्दा, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि मुद्दा, सवारी ज्यान, लागुऔषध मुद्दा, विद्युतिय कारोवार साइवर अपराध मुद्दा, चोरी डाकाँ मुद्दा, सवारी नियम उलंघन गर्ने विरुद्ध कारवाहीका मुद्दाहरु विगतको बर्ष भन्दा सुधारोन्मुख हुँदै गएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सार्वजनिक भएको साउन देखि पुस मसान्त सम्मको प्रगति विवरणमा उल्लेख गरिएकाे छ । मुद्दा चल्ने चार वटै कार्यालयमा रहेका हिरासत कक्षमा पुस्तकालयको व्यवस्थापन, समुदाय साझेदार प्रहरी कार्यक्रम, अल्पसंख्यक संग प्रहरी कार्यक्रम, नागरिक सुनुवाई कार्यक्रम र ट्राफिक सचेतना कार्यहरु पछिल्ला ६ महिनाको अवधीमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन । जिल्लाको विभिन्न स्थानहरुबाट बरामद गरिएका सवारी साधन सहित दुई करोड ९५ लाख ३१ हजार ३ सय ३१ रुपैया मूल्य बराबरको मालसामानहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको डिएसपी गिरीले बताएकी छिन । अदालतबाट फैसला भएका फरार रहेका २ सय ६९ प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पेश गरिदा ४४ बर्ष २ महिना १५ दिन असुली गर्दै १२ लाख ५ हजार ७ सय१२ रुपैया राजस्व असुली गराइएको, ज्यानमा ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छयौट भईसकेको बाँकी ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको मुद्दामा ९ जना मानिसलाई समातेर सम्मानित अदालत समक्ष पेश गरिएको जनाइएको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी तर्फ ३९ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा मुद्दा फर्छयौट भईसकेको र दुई वटा मुद्दाको अनुसन्धान जारी रहेको, सवारी ज्यान मुद्दा अन्तर्गत रौतहटमा २४ वटा मुद्दा दर्ता भएको १८ फर्छयौट भईसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध तर्फ ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्छयौट भईसकेको २ मुद्दाको अनुसन्धान भईरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको छ । कारोवार साइवर अपराध तर्फ ५ वटा मुद्दा दर्ता भएको सवैको फर्छयौट भईसकेको छ । चोरीडाका तर्फ ३४ मुद्दा दर्ता गरिएको ३३ वटाको फर्छयौट भई १ वटा मुद्दाको अनुसन्धान भईरहेको यस मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको छ । सभार: कलमपाटी

16 Push 077 final