कटहरिया नगरपालिका-१ बाट काठ बरामद

रबिन्द्र प्रजापति, माघ १८ गते रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ भसेड्वा स्थित लालबकैया खोलाको नजिकैबाट प्रहरीले काठ बरामद गरेको छ । स्थानीय सोनेलाल यादवको गाई गोठ नजिकै लुकाई छिपाई राखिएको अबैध सालकाे काठ बरामद गरिएको हाे । अस्थाई प्रहरी चौकी छेदी चौकबाट प्रहरी सहाय निरिक्षक विनय कुमार झाकाे नेतृत्वमा खटिएका टाेलीले उक्त काठ बरामद गरेको छ । यादवको गाई गाेठ नजिकै रहेको परालको टालमा लुकाई छिपाइ राखिएको लम्बाई ६ फिट , गोलाई ५२ इन्च भएको सालको काठ १ थान, लम्बाई ६ फिट , गोलाई ५० इन्च भएको सालको काठ १ थान , लम्बाई ५ फिट , गोलाई ५५ इन्च भएको सालको काठ १ थान गरि २७.२ क्यु फिट भएको अन्दाजी मूल्य एक लाख आठ हजार मुल्य बराबरको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन । प्रहरी नायव निरिक्षक डिएसपी एवं प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् । बरामद गरिएको काठ आवश्यक कारवाहीको लागी सव डिविजन वन कार्यालय जंगलसहियामा पठाईएको गिरीले बताइन् ।

16 Push 077 final