कटहरियाको निजी तथा सरकारी स्कुलहरुमा धुमधामका साथ मनाईयो सरस्वती पुजा, एसईईको कोचिंग नि:शुल्क:मेयर जयसवाल

रबिन्द्र प्रजापति, फागुन ०२ गते रौतहट । रौतहटको कटहरियास्थित निजी तथा सरकारी स्कुलमा धुमधामका साथ  सरस्वती पूजा मनाईएको छ । आज श्रीपञ्चमी अर्थात् सरस्वती पुजा धुमधामका साथ मनाइएको छ । जिल्लाको कटहरियास्थित श्री जनता मा.बि.मा आज धुमधामका साथ विधार्थीहरुले सरस्वती पूजा मनाईएको छ । उक्त स्कुलमा सांस्कृतिक कार्यक्रम पनी भएको छ । सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले एसईईको कोचिंग निशुल्क भएको बताए । त्यस्तै नगरपालिका भित्रका कक्षा १० मा पठनपाठन गर्ने सबै विधार्थीहरुलाई भ्रमणमा लैजाने समेत बताए । नगर प्रमुख जयसवालले सरस्वती पूजा गर्नका लागी प्रा.बि. मा १० हजार र मा. बि.मा २० हजार रुपैयाँ दिएको समेत उल्लेख गरे । उक्त सांस्कृतिक कार्यक्रममा कटहरिया नगरपालिकाकी उप मेयर रिता देवी यादव, शिक्षा संयोजक अनिल निधि, मा. बि. का प्रधानध्यापक सचिन्द्र प्रसाद यादव, कटहरिया बहुमुखि क्याम्पसका प्रमुख गजेन्द्र यादव,शिक्षक अचल शाहि सहित विभिन्न शिक्षक शिक्षिका राजनितिक दलका नेता कार्यकर्ता  स्थानिय ब्यपारीहरु लगाएत विभिन्न भक्तजनको उपस्थिति रहेको थियो । श्री जनता मा. बि. कटहरियामा फागुन ३ गते बिहीबार अष्टजाम हुने प्रधानध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । त्यस्तै कटहरियामा रहेको त्रिशक्ती बोर्डिगं स्कूल, श्री बाल कल्यान विद्या मन्दिर, माहि मेमोरियल, लगायत विभिन्न बोर्डिगं स्कूलमा आज धुमधामका साथ सरस्वतीको विधिपूर्वक पूजा गरि सांस्कृतीक कार्यक्रम गरि मनाईएको छ ।त्रिशक्ती बोर्डिगं स्कूलमा अध्यनरत रहेको छात्राछात्रहरुले अ–आफ्नो कला प्रस्तुत गरि धुमधामका साथ सरवस्ती पूजा मनाएको सो बोर्डिगंका फाउन्डर प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । त्रिशक्ती बोर्डिगंमा कार्यक्रम हेर्नका लागी स्थानियहरुको घुईचो लागेको थियो । संस्कृती कार्यक्रममा कटहरिया नगरपालिकाका युवा नेता जवाहरलाल यादव, देवाही गोनाही नगरपालिकाका लेखा प्रमुख प्रदिप यादव, कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवाल लगाएत ब्यक्तिको उपस्थित रहेको थियो । फाउन्डर प्रकाश श्रेष्टले उनीहरुलाई माला लगाई मञ्मा स्वागत गरेका थिए । सो अवसरमा नृत्य, कमेडि तथा दहेज प्रथाको नाटक समेत प्रस्तुत गरेका थिए । रबिन्द्र प्रजापति लबरई समाचार समेत प्रस्तुत गरेका थिए । सांस्कृतीक कार्यक्रमलाई सञ्चालन प्रिन्सपल रौशन साहले गर्नु भएको थियो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन समेतको रुपमा लिने गरीन्छ । मन्दिर,बिधालय तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले किताब, कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको समानलाइ श्रद्धापूर्वक पूजा गरिएको छ ।

16 Push 077 final