निर्धारित समय भन्दा ७ महिना पछि फतुवा विजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न

रबिन्द्र प्रजापति, फागुन ०३ गते रौतहट । निर्धारित समय भन्दा सात महिना पछि रौतहटको उत्रि भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । बिहीबार नगरपालिकामा कार्यवाहक मेयर अम्वेया खातुनको अध्यक्षतामा सातैं नगर सभा सम्पन्न भएको छ । आथिक वर्ष २०८० ८१ को लागी उक्त नगरसभाबाट ४८ करोड ०५ लाख ८८ हजार २ सय रुपैया प्रस्तुत भएको छ।
अर्थिक वर्षमा क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटको बाँडफाँड र श्रोत व्यवस्थापनको अनुमान यस सभा समक्ष पेश गरिएको छ ।
फतुवा विजयपुर नगरपालिकाको सातौं नगरसभाबाट आ. व. २०८०÷०८१ को लागि विनियोजन भएको अनुमानित कुल बजेट रु. ४८ करोड ०५ लाख ८८ हजार २ सय रुपैया प्रस्तुत गरिएको छ । जस मध्ये नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान (चालु), सशर्त अनुदान (पूँजिगत), गरि जम्मा रु. ३२ करोड ४१ लाख १२ हजार प्राप्त भएको छ ।
त्यस्तै संघीय राजस्व बाँडफाँडबाट रु. ९ करोड ८२ लाख १४ हजार २ सय रुपैयाँ प्रस्तुत गरिएको छ । मालपोत शिफारीस दस्तुर रु. ३० लाख, मालपोत जग्गा रजिष्ट्रेशन बाँडफाँड वापत प्राप्त हुने रू. १ करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर रु. २५ लाख र प्रदेश समानीकरण अनुदान रु. ८० लाख ६२ हजार, प्रदेश समपुरक अनुदान रु. २० लाख, प्रदेश विशेष अनुदान रु. ३० लाख, प्रदेश सशर्त (पूँजिगत) रू. ८० लाख, आन्तरिक श्रोत रु. १ करोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान रु. ४७ लाख अनुमानित गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नगरको समग्र विकासका लागि उक्त बजेट प्रस्तुत गरेका थिए । अधिकृत प्रधानले यस चालु आर्थिक वर्ष २०८०र ८१ को निति तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए । यस नगर सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , भौतिकपूर्वधार , कृषी र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको छ ।
रौतहटमा रहेको १८ वटा स्थानीय तह मध्ये अहिले सम्म १७ वटा पालिकाले नीति , कार्यक्रम तथा बजेट ल्याई सकेको अवस्थामा जनप्रतिनिधि वीच कुरा न मिल्दा फतुवा विजयपुर नगरपालिकाको नगर सभामा ढिलाई हुदै आएको थियो । तर निकै लामो समयको प्रयास पछि जनप्रतिनिधि वीच कुरा मिले पछि फतुवा विजयपुरको सातौं नगर सभा बहुमतले पारित भएको हो ।

16 Push 077 final