फतुवा बिजयपुरमा नयाँ हाकिमको रुपमा पाल हाजिर, कर्मचारी र शिक्षकहरुको तलव चाडै खुवाउने प्रतिबद्धता

रबिन्द्र प्रजापति, चैत २६ गते रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा नयाँ हाकिम हाजिर भएको छ नयाँ हाकिमको रुपमा प्रमुख प्रशासकिय अधिकृत वकिल पालले आज हाजिर भएका छन । अधिकृत पालले आज देखि फतुवा विजयपुरको हाकिमको जिम्मेवारी सम्हाल्नु भएकोमा छ ।
त्यास्तै फतुवा विजयपुर नगरपालिकाको साचो कार्यवाहक मेयर अम्बेया खातुनले बुझेकी छिन ।
पालिकामा लगाइएको ताला खोलि कार्यालयको काम सुचारु गर्नका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले आज जिल्ला प्रशासन कार्यालय गौरमा कार्यवाहक मेयर खातुनलाई साचो हस्तान्तरण गरेका छन ।
नयाँ हाकिमको रुपमा आज हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत वकिल पालले कर्मचारी र शिक्षकहरुको तलव चाडै खुवाउने प्रतिबद्धता जनाएपछी सिडिओ रेग्मिले मेयर खातुनलाई पालिकाको साचो बुझाएका हुन । नयाँ हाकिमको आग्मनले अब फतुवा विजयपुर नगरपालिकामा लगाइएको तालाबन्दी सम्भव्त आजै वा भोलि खुल्ने र सबै काम सुचारु हुने भएको छ ।

16 Push 077 final