रातीमा तस्करहरुको मौज, रौतहटमा घुमुवाको सेटिंगमा धमाधम तस्करी

रबिन्द्र प्रजापति, चैत २६ गते रौतहट ।
भारत संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् । कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ । भने नेपालबाट विभिन्न बराण्डका मदिरा रक्सी, लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ । प्रहरी निकाय , भन्सार प्रमुख उक्त कार्यमा मौन समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।
रौतहटको गौर भन्सार , महादेव पट्टी, औरहीया, मठिया महुलिया , नरकटिया, बंकुल सर्मुजवा बाट साझ हुनेका साथै कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् ।
उक्त कार्यमा भन्सार प्रमुख, सशस्त्र प्रहरी, नेपाल प्रहरी, चौकी इन्चार्ज सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए । सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी भईरहेको छ । तस्करहरुले भारतबाट ल्याईएको सरसमानहरु जिल्लाको कटहरिया,गौर,गरुडा,चन्द्रनिगाहपुर,समनपुर, मौलापुर, फतुवा बिजयपुर लगायतको बजारमा पुगाउने गरेको हो ।
दिनमा अहिले कम मात्रामा तस्करी भईरहेको छ भने रातीको समयमा घुमुयाहरुको सेटिंगमा तस्करी भइरहेको छ । रातीको समयमा जिल्लाको कटहरिया लगायत विभिन्न स्थानमा घुमुवाको मिलोमतमा धमाधम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताउनु भयो ।

16 Push 077 final