पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

बौधिमाई , चैत २७ गते रौतहट ।
रौतहटको वृन्दावन नगरपालिकाको विश्राम्पुर स्थित पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ ।
वृन्दावन नगरपालिका वडा नम्वर १ विश्राम्पुर गाउँ स्थित पोखरीमा गर्मी छल्न सोमवार दिउसो २ बजे नुहाउन गएकी १३ बर्षिया निरन्जनकुमारी बैठाको डुबेर वेपत्ता भएकी थिइन् ।
उक्त कुरा थाहा पानउे वित्तिकै सुरक्षा बेस क्याम्प सन्तपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक यमबहादुर वलीको कमाण्डमा खटिइको टोलीले अन्दाजी ६ फिट पानीमा खोजतलास गर्दा २.५५ बजेको समयमा किशोरीको मृत शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिए ।
मृकत किशोरीको शव परिक्षणको लागि चन्द्रपुर स्थित सरकारी अस्पताल पठाइएर नेपाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।

16 Push 077 final