कटहरियामा निर्माण भईरहेको नेपाल बैंकको काम अन्तिम चरणमा

रबिन्द्र प्रजापति,चैत २६ गते रौतहट ।
रौतहटको कटहरियामा निर्माण भईरहेको नेपाल बैंकको काम अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको चर्चीत बजारको रुपमा रहेको कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५०औं वर्षमा निर्माण भइरहेको आफ्नै भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । ईलाका प्रहरी कार्यालय कटहरीयाको अगाडि आफ्नै जग्गामा भवन निर्माण हुन लागेको हो।
कटहरिया प्रहरी चौकीबाट स्तरोन्नती भएर ईलाका प्रहरी कार्यालय बनेपछि नेपाल बैंकको स्थापना भएको थियो। २०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल बैंकको आफ्नै जग्गामा निर्माण भईरहेको नेपाल बैंक लिमिटेड कटहरियाका शाखा प्रबन्धक आनन्द कुमार यादवले जानकारी दिए ।
करिब तीन दशक अघि खरिद भएको नेपाल बैंकको आफ्नो नाममा दर्ता रहेको दुईकटा क्षेत्रफल जग्गामा कूल २ करोड ६४ लाख ६३ हजार चार सय ४० रुपैयाँको लागतमा भवन निर्माणको ठेक्का भएर निर्माण भइरहेको छ ।
टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्रसन कम्पनीले ठेक्का सम्झौता गरेको र २०८० फागुन १४ गतेभित्र भवन निर्माण अवधी रहेको नेपाल बैंक लिमिटेड कटहरियाका शाखा प्रबन्धक यादवले जानकारी दिए । सम्झौता अनुसार कार्य भएपनि अहिले छिटपुटका बाकीँ रहेको छ । आफ्नो जग्गामा नेपाल बैंकको उदघाटन चाढै गर्ने तयारी गरिएको प्रबन्धक यादवले बताउनु भयो । बैंकका प्रबन्धक यादवका अनुसार मिति तोकन अहिले बाकी रहेको समेत बताउनु भयो ।
देशको अवस्त्या सामान्य हुँदा १० वर्षपछि २०७२ सालदेखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ । हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन् । कटहरिया शाखामा नगद, कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा, आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन् ।

16 Push 077 final