कटहरियाबाट लागु औषध गाँजा सहित २ जना पक्राउ

रबिन्द्र प्रजापति, बैशाख १६ गते रौतहट ।
रौतहटबाट लागु औषध गाँजा सहित २ जना पक्राउ परेको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर २ छेदिचौकबाट शनिबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनु भएको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–१ बजार टोल बस्ने विर्ख बहादुर विक को छोरा अं. वर्ष ४२ को अटो चालक अनन्त बराइली निजको श्रीमती अं. वर्ष ३५ की मन्जु बराइली रहेको रौतहट प्रहरीले जानकारी दिनु भयो ।
छेदिचौक स्थितमा शंकास्पद रुपमा जंगलसहियाबाट कटहरिया तर्फ आउदै गरेको प्र.२–०३–००१ह ३१५ नं. को अटोलाई रोकी चेकजाँच गर्दा चालक बसेको सिटमुनि रातो पलाष्टिकको झोलामा लुकाई छिपाई राखि ल्याएको १० किलो ५०० ग्राम लागु औषध गाँजा बरामद भएको जिल्ल प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन ।
लागु औषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि थप अनुसन्धान भईरहको गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

16 Push 077 final