परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक रौतहटबाट पक्राउ
रबिन्द्र प्रजापति, चैत २० गते रौतहट ।
विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्ड पक्राउ परेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो।
शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अहिले सबै भन्दा बढ़ी मधेशका जिल्लाका एसईई परीक्षामा चिट चोराउने देखि प्रश्न पत्र बाहिरिने गरेका घटनाहरु सार्वजनिक हुँदै आएको छ। रौतहटको परीक्षा सेन्टरबाट अनुगम टोलीले मोबाइल बरामद गर्दै आएको छ । आज (मंगलबार) पनी जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट परीक्षार्थीहरुबाट मोबाइल बरामद भएको छ । मोबाईल बरामद भएको बारेको जानकारीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एलिजा गिरीलाई फोन गर्दा तपाईले डायल गर्नु भएको नम्बर उठेन ।