लमहामा घाटगद्दी गरिएका पचासौं चट्टा दाउरा आगलागिमा परेर नष्ट

डिभिजन वन कार्यालय क्षेत्रमा घाटगद्दी गरेर राखिएको दाउरामा आगलागि हुँदा लाखौंको काठ जलेर नष्ट भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिकाको लमहा जंगलमा घाटगद्दी गरेर राखिएका ५० चट्टा भन्दा बढि दाउरा जलेर नष्ट भएको छ तर अहिले सम्म आगलागि नियन्त्रणमा आउन सकेका छैनन् । गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको छ । नेपाल बिद्युत प्राधिकरणको हाइटेन्सन निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी तथा वन अधिकृत बिमल कुमार ठाकुरले जानकारी दिए ।
आगोले अन्दाजी ५० चट्टा दाउरा नष्ट भएको सुचना अधिकारी ठाकुरले बताए । आगो नियन्त्रण लिनको लागि चन्द्रपुर लगायत बिभिन्न स्थानबाट ५ वटा बारुण यन्त्र सो आगलागी क्षेत्रमा ल्याइएको छ । तर पनि आगो नियन्त्रण गर्न नसकेको ठाकुरले बताए । आज विहानै देखि अत्याधिक गतिमा चलिरहेको पश्चिमा हावाको कारण आगो नियन्त्रणमा समस्या भएको उनले बताए ।
सो आगलागी गोठाला वा अन्य बटुवाले लगाएको हुन सक्ने अनुमान गरिएको छ । हिजोआज रौतहटका बिभिन्न गाउघरमा दैनिक जसो आगलागी भइरहेको छ । हावाहुरीको कारण रौतहटमा आगलागीका घटनाहरु दैनिक रुपमा बढिरहेको छ ।

16 Push 077 final