बाल विवाह, बहु विवाह, दाईजो प्रथा लगायत महिला विरुद्ध जनजेतना मुल्ल कार्यक्रम कटहरियामा सम्पन्न

रबिन्द्र प्रजापति, चैत ०३ गते रौतहट ।
स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।
यसैबिच जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा कटहरियाको विवाह भवनमा बाल, विवाह बहु विवाह, दाईजो प्रथा लगायत महिला विरुद्ध हुने कसुर सम्बन्धी जनजेतना मुल्ल कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल रहनु भएको थियो भने विशिष्ट अतिथिको रुपमा रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठ रहनु भएको थियो ।
उक्त कार्याक्रममा राष्ट्रीय गान बजाई विभा कुमारी ज्ञामीले कार्यक्रमलाई संचालन गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि एंव कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले चन्द्रपुर नगरपालिकाले बाल विवाहको सम्बन्धमा वडा बाट सिफारिस भएपछि मात्र विवाह हुने निर्णय गरेको मलाई धेरै राम्रो लाग्यो बताए । कटहरिया नगरपालिकामा पनी त्यही हुने राम्रो हुन्छ लाग्छ मलाई नगर प्रमुख जयसवालले भने ।
आजकाल त १५ वर्ष १७ वर्षमा आ–आफ्ना छोरीहरुलाई बिहे गर्दिन्छ र ति युवा युवतीहरुले आफ्नो जिवन राम्रो संग बिताउन सक्दैन् नगर प्रमुख जयसवालले भने । समाजमा भईरहेको विभिन्न खाले जस्तो क्रियाकलापलाई रोकथामका लागी कम उमेरमा विवाह नगरनका लागी आ–आफ्ना आफ्नतलाई सुझाउ दिनका लागी नगर प्रमुख जयसवालले सुझाव राखे ।
कटहरिया नगरपालिकाको १ देखि ९ सम्मको वडा अध्यक्षहरुलाई कम उमेरमा छोरा छोरीको विवाह भएको धाह पाए पछि मौन भएर नबस्नु वहाँहरुलाई कडा भन्दा कडा कार्वाही गर्नका लागी उपमेयर रिता देवी यादवले ब्यान राखीन् ।
कार्यक्रममा कटहरिया नगरपालिकाका मेयर प्रत्याशी नसरुदिन अंसारीले आ–आफ्ना छोरीलाई कम उमेरमा विवाह गर्न पाईदैन, हामो गाउँघरमा छोरी पायो दुख पायो भन्नके कुराहरु सुन्नमा आउछ, दुख पाउनु भएन भोली पल्ट ठुल्ठुला पदमा पनी जानसक्छ त्यसैले हौसला राखनु पर्छ मेयर प्रत्याशी अंसारीले सुझाव दिए ।
बाल विवाहको घटना नगर्नु र नगराउनेका लागी रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले आग्रह गरे । बाल विवाह भविष्यको संकटको घेरा हो त्यसैले बाल विवाह नगर्नका लागी एसपी श्रेष्ठले उपस्थित सबै महिला सहित बालिकालाई सुझाव दिनु भयो । यो वर्ष बहु विवाहको सात वटा मुद्दा दर्ता भएको छ । जबरजस्ती करणीका २२ वटा मुद्दा दर्ता भएको छ भने घरेलु हिंसाको ५ सय मुद्दा दर्ता भएको एसपी श्रेष्ठले जानकारी दिनु भयो ।
महिलाहरु लगाएत उपस्थित बालिका हरुलाई गोप्य रुपमा रौतहटका डिएसपी एलिजा गिरीले आफनो सुझाव राख्दै सचेत गराईन् । उक्त कार्यक्रम ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई अरुण सिंहको अध्यक्षतामा सफतापुर्वक भब्यका साथ सम्पन्न भएको छ ।
कार्याक्रममा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनाल, ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई अरुण सिंह, कटहरिया नगरपालिकाका वडा अध्यक्ष देखि जनप्रतिनिधिहरु, भद्रभलादमी सहित कटहरिया बहुमुखि क्याम्पसका सबै बालिका सहित कटहरिया भेगका महिलाहरुको उपस्थित रहेको थियो ।

16 Push 077 final