नेपालमा आजदेखि एनपीएल क्रिकेटको महाकुम्भ ः प्रधानमन्त्री बालेन शाहद्वारा उदघाटन,

रौतहट, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रंगारंग आज देखि सुरु हुँदैछ ।
विश्वमै चर्चित बन्दै गएको एनपिएलको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।
प्रतियोगिताको उदघाटनका लागि प्रधानमन्त्री शाह दिउँसो त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदान पुग्ने तयारीमा रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी विभिन्न मिडिया रिपोर्टमा उल्लेख रहेका हुन् ।
एनपीएललाई प्रधानमन्त्री शाहले नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटको सफलताको कामना गरे ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतियोगितामा सहभागी नेपाली तथा विदेशी खेलाडी, कमेन्टेटर, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिए ।
उनले एनपीएल छोटो अवधिमै ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगिताले नेपाली क्रिकेटको विकास र प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र क्यानलाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिए ।
एनपीएलले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको सुरुवातसँगै नेपाली क्रिकेट प्रेमी माझ उत्साह बढेका छन् ।