
रौतहट–२ मा एमालेको पार्टी जागरण अभियान तथा शुभकामना आदानप्रदान
रौतहट, ८ कार्तिक । नेकपा एमाले रौतहट क्षेत्र नम्बर–२ मा पार्टी जागरण अभियान तथा महान् पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हालै सम्पन्न भएको छ ।
क्षेत्रीय संयोजक कृष्णनन्दन रामको सभापतित्वमा सम्पन्न भएको उक्त जागरण एवं शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा केन्द्रीय सदस्य उपेन्द्र साहको उपस्थिति रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य साहले पछिल्लो समयमा देखिएका संक्रमणलाई चिर्दै पार्टी संगठनलाई सुदृढ बनाउन वडा, पालिका, क्षेत्र, जिल्ला स्तरीय नेता एवं कार्यकर्ताहरुको भुमिका महत्वपूर्ण हुने भएको हुँदा पार्टी प्रति कत्र्तव्यबोध हुनुपर्ने सुझाव दिए ।
आफू पनि संगठनको विस्तारमा समर्पित हुने र अन्य नेता एवं कार्यकर्तालाई जागरुक बनाउदै आउदो स्थानीय तहको निर्वाचनमा परिणाम दिने गरी संगठनको विस्तारमा समर्पित हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पार्टीको जागरण अभियान, संगठन सुदृढीकरण तथा नेता–कार्यकर्ताबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।
महान् पर्वहरूको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य जयचन्द्र पटेल, जैध, जिल्ला अध्यक्ष सच्चिदानन्द साह, प्रदेश सदस्य अतिउल्लाह, मनोज यादव, परनिया देवी पटेल, कपिल अन्जुम, जिल्ला उपाध्यक्ष रुपेश पटेल, उपसचिव अवधेश यादव, जिल्ला सदस्यहरू, युवा नेता मराज आलम, सञ्जीव यादव, विजय यादव तथा विभिन्न नगरका संयोजक लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
