गरुडा नगरपालिकाले ल्यायो ७० करोड भन्दा बढीको बजेट

रबिन्द्र प्रजापति,असाढ ०६ गते रौतहट । रौतहटको गरुडा नगरपालिकाको नगरसभाको एघारौं अधिवेशन तथा आठौं बजेको अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट ७० करोड भन्दा बढीको बजेत प्रस्तुत भएको छ । नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले पानसमा बाती बालेर कार्यक्रमलाई शुभारम्भ गरेको थियो ।

दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं नगर सभा तथा आठौं बजेट अधिवेशन सम्पन्न गरेको छ । गरुडा नगरपालिकाले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

गरुडास्थित कल्वार धर्मशालामा मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यता तथा गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जयसवालको अध्यक्षतामा भएको नगर सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ ।

नगर उपप्रमुख पुनम देवी चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेकी हुन् ।

संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, सशर्त अनुदान, राजस्व बाँटफाँट, समपूरक अनुदान, आन्तरिक आयलगायत गरी बजेट प्रस्तुत गरिएको नगर प्रमुख जयसवालले बताए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्यलगायतलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताए ।

error: Content is protected !!