गरुडाका नगर प्रमुख जैसवालले २ हजार भन्दा बढि छठ ब्रतालहरु गरे छठ पुजा समाग्री वितरण

रमेश कुमार यादब,कार्तिक २१ गते । रौतहट ।
गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले यस वर्ष पनि आफ्नो नगरको २ हजार १ सयभन्दा बढी छठ ब्रतालुलाई छठ पूजा सामग्री वितरण गरेका छन् ।

हरेक वर्षझैं यस वर्ष पनि नगर प्रमुख जैसवालले गरिब, विपन्न, दलित, र असहाय छठ ब्रतालुलाई छठ पर्वका लागि आवश्यक पर्ने सामग्री वितरण गर्दै धार्मिक आस्थाप्रति समर्पित सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएका हुन् ।

नगर प्रमुख जैसवालले नगरपालिकाका विभिन्न वडाहरूमा गएर वार्ड नं. १, २, ३, ४, ६, ७, ८ र ९ गरि ७ वटा वार्डमा करिब २१०० छठ ब्रतालुलाई दउरा, सुपली, साडी सेट, फलफूल लगायतका सामग्री वितरण गर्नु भएका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख जैसवालले भने, “यो मेरो लागि कुनै नयाँ कार्य होइन ।

म निर्वाचित हुनु अघि पनि आफ्ना नगरबासीकै साथ र सहयोगले यो कार्य गर्दै आएको थिएँ । आज म यहाँ तपाईहरूको माया, प्रेम, र स्नेहले नगर प्रमुखमा निर्वाचित भएको छु । म यस पदमा आएपछि पनि नगरको गरिब, असहाय, र अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्न सदैव तत्पर छु ।“उनले थपे, “छठ पर्व हाम्रो सांस्कृतिक र धार्मिक आस्थाको प्रतीक हो ।

यसले जनताको मनोबल, धार्मिक विश्वास र एकताको भावना बृद्धि गरिरहेको छु । नगरपालिकाले यस प्रकारका धार्मिक, सांस्कृतिक, र सामाजिक कार्यक्रमहरूलाई सहयोग पुर्याउने प्रयास गर्दै आएको छ ।“वितरण कार्यक्रमपछि स्थानीय छठ ब्रतालुहरूले नगर प्रमुख जैसवालको यो सहयोगलाई निकै स्वागत गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

उनीहरूले नगरपालिकाबाट यसरी सहयोग पाउँदा आफ्नो आर्थिक भार केही हल्का भएको र छठ पर्व मनाउन सजिलो भएको बताए ।

त्यति मात्र नभएर नगर प्रमुख जैसवालले भने गरुडा नगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा यस कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्न मैले वडाध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेर यो कार्य अगाडी बढाएका छौ ।

यो पहलबाट नगरवासीहरू अत्यन्तै प्रसन्न भएका छन् र मेयर जैसवालवको कार्यको प्रशंसा गर्दै उनका लागि आभार प्रकट गरेका छन् ।
छठ पर्वमा मुख्यतः दउरा, सुपली, साडी र अन्य पूजामा आवश्यक पर्ने सामग्रीको आवश्यकता पर्ने हुँदा जैसवालले यी वस्तुहरू वितरण गरिरहेका छन् । यस प्रकारका कार्यहरूले समुदायमा एकता र सामाजिक सहयोगको भावना बढाएको छ ।

मेयर जैसवालले भने, “गरिबीका कारण छठ ब्रतालुहरूलाई पर्व मनाउन कठिनाई नहोस् भन्ने हाम्रो उद्देश्य हो । हाम्रा नगरवासीहरूको सेवा गर्न पाउँदा मलाई गर्व लाग्छ ।छठ पर्व विशेष गरी सूर्य देवताको पूजा आराधना गरिन्छ, र यसले धार्मिक आस्था मात्र नभई समुदायमा एकता र सद्भाव पनि थप्ने विश्वास राखिन्छ ।

नगर प्रमुख जैसवालले भनेजस्तै, “छठ पर्व हाम्रो लागि मात्र एउटा पर्व नभई धार्मिक र सामाजिक जिम्मेवारीको प्रतिक हो । यस पर्वले हाम्रो समाजमा भाइचाराको भावना र सहयोगको संस्कृति विस्तार गर्छ । नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जनता र समाजको हितमा काम गरिरहने छ ।“कार्यक्रममा नगरवासीहरू, जनप्रतिनिधिहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

error: Content is protected !!