मलंगवामा सहारा मल्टिपर्पस को अपरेटिभ सोसाइटी लिमिटेडको २१ औं बार्षिक साधारणसभा सम्पन्न

पुस २१ गते । रौतहट ।
सर्लाहीको मलंगवामा सहारा मल्टिपर्पस को अपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालयको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिवार सदरमुकाम मलंगवा स्थित जानकी होटेलको सभाहलमा संस्थाका अध्यक्ष वसी अहम्द मिकरानीको अध्यक्षता तथा मधेश सरकारका यातायात श्रम मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

मधेश प्रदेश मन्त्री एवम कार्यक्रमका प्रमुख अतिथि रायले पानसमा बति प्रज्वलित गरी कार्यक्रमको समुउदघाटन गर्नु भएको छ।

आर्थिक बर्ष ०७९र०८० मा संस्थाको कुल पुजी रु ४ करोड ४७ लाख ३६ हजार ३ सय रुपैया रहेकोमा आर्थिक बर्ष ०८०र०८१ मा रु ५८ लाख ४७हजार १ सय रुपैया वृद्धि भई संस्थाको कुल शेयर पुजी रु ५ करोड ५ लाख ८३ हजार ४ सय रुपैया रहेको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष वसी अहमद मिकरानीले जानकारी दिनुभयो ।

साथै जगेडा कोषमा रु १६लाख ७२हजार २१ रुपैया ४३ पैसा रहेको छ । साँवा र ब्याज समयमा बुझाउने असल ऋण्ी र नियमित बचत गर्ने असल बचतकर्ताहरुलाई संस्थाले सम्मान पत्र सहित सम्मान गरेको छ ।

साधारणसभा समुदघाटन समारोहमा विशिष्ट अतिथि जिल्ला समन्वय समिति सर्लाही उप प्रमुख जितेन्द्र महतो, मलंगवा नगरपालिका ८ का वडाध्यक्ष चन्देश्वर राय, डिभिजन सहकारी पुर्व प्रमुख सुरेन्द्रलाल कर्ण, सहकारी संघ सर्लाहीका पुर्व अध्यक्ष अशोक खनाल,पुर्व माननीय तथा अधिवक्ता भिखारी मंसुर,सहारा मल्टिपर्पस को अपरेटिभ सोसाइटी लिमिटेड मलंगवाका मुख्य प्रबन्धक सुनिल कुमार गुप्ता लगायत संचालक समितिका पदाधिकारी,लेखा समितिका पदाधिकारीहरु उपस्थिति रहेको थियो ।

मलंगवा प्रधान कार्यालय रहेको सहारा मल्टिपर्पस को अपरेटिभ सोसाइटी लिमिटेड मधेस प्रदेश र बागमती प्रदेशका शाखा १२ स्थानमा शाखाहरूबाट सेवा दिदै आएको छ भने ५ स्थानमा प्रस्तावित सेवाकेन्द्रहरु स्थपना गरिने मुख्य प्रबन्धक गुप्ताले जनाए ।