रौतहटमा सवारी दुर्घटना, भसेडवाका एक जनाको मृत्यु, एकजना घाईते

रबिन्द्र प्रजापति, जेठ २७ गते । रौतहट ।
रौतहटमा सवारी दुर्घटनामा परी गएराती एक जनाको मृत्यु भएको छ भन्ने एक जना गम्भीर घाईते भएका छन । जिल्लाको कटहरिया झाँझपुल सडक खण्डमा सोमबार राती ट्याकटरमा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ईट्टा लोड रहेको ना ६ त ८१०६ नम्बरको ट्यक्टरमा प्रदेश २-०३-०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ र एक जना घाईते भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानाकरी दिनु भयो ।

बौधीमाई खबरका पत्रकार रबिन्द्र प्रजापतिलाई डिएसपी कार्कीले दिएको जानाकरी अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवा बस्ने पनिलाल साहको छोरा अं. वर्ष २० को संजय साहको मृत्यु भएको छ भने सोही स्थान बस्ने एकलाल ठाकुरको छोरा अं. वर्ष २१ को राजन ठाकुर गम्भीर घाईते रहेक छ ।

इट्टा लोड गरिएको ट्याक्टर बाटौमै खराब भएपछि रोकी राखिएको थियो । सोही क्रममा घाइते मोटरसाइकल चालक ठाकुरले ठक्कर दिएको थियो । मोटरसाइकल र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।