रौतहट प्रहरीद्वारा दुई जना लुटेरा पक्राउ

रबिन्द्र प्रजापति, जेठ २८ गते । रौतहट ।
रौतहट प्रहरीले लुटपाट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । मध्यम रातीको समयमा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.१ जेठरहीया झाझपुल नजिकमा लुटपाट गर्ने उदेश्यले लुकिछिपी बसेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने मुकेश महतो र सिताराम महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश नोटमा उल्लेख छ । प्रेश नोटका अनुसार ७/८ जनाको समुहमा रहेको लुटेरा मध्य दुई जना पक्राउ परेका छन । फरारहरुको खोजी भईरहेको छ ।

अपरिचित्त व्यक्तीहरुले मधेश प्रदेश ०७-००१ प ०००४ नम्बरको मोटरसाईकल चलाई आउँदै गरेको दुर्गाभगवती गाउँपालिका वडा नं.३ मत्सरी बस्ने अं.बर्ष ३५ को कृष्णमणी झालाई रोकी निजको साथमा रहेको धनमाल र मोटरसाईकल अपरिचित्त व्यक्तीहरुले लुटपाट गर्न खोजेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन भई लुटपाट गर्ने स्थान झाझपुलबाट कृष्णमणी झालाई सकुसल उद्धार गरी लुटपाट गरी दुई जनालाई पक्राउ गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले