खेतमा पानी तान्ने मेसिनबाट करेन्ट लाग्दा युवकको मृत्यु

रबिन्द्र प्रजापति, असाढ ०७ गते । रौतहट ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ५ डुमरियामा करेन्ट लागेर एक जना युवकको ज्यान गएको छ । गएराति आफ्नै खेतमा पानी तान्ने मेसिनबाट करेन्ट लाग्दा युवकको जयान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बिगन महतोको २१ वर्षीय छोरा सावल कुशवाहा रहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र प्रसाद यादवले जानकारी अनुसार शुक्रबार राति आफ्नै खेतमा पानी तान्न उनले विद्युत् पोलबाट तार जडान गर्ने प्रयास गर्दा करेन्ट लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।