पर्सामा मोटरसाइकल र सुमो ठोकिँदा एक भारतीयको मृत्यु, अर्का नेपाली घाइते

बौधिमाई सम्वाददाता, असार ०८ गते । वीरगञ्ज । 
पर्साको बहुदरमाई नगरपालिका–५ अन्तर्गत पर्ने पटनी गण्डक नहर रोडमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, शनिवार राती करिब साढे ९ बजे डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा तीव्र गतिमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र गतिमा रहेको सुमो र मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै सवारी साधन सडकबाट केही मिटर तल निर्माणाधीन नालामा खसेका थिए । ठक्कर लगत्तै दुवै सवारी साधनमा आगलागी भएको र ती

पर्साको बहुदरमाई नगरपालिका–५ अन्तर्गत पर्ने पटनी गण्डक नहर रोडमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, शनिवार राती करिब साढे ९ बजे डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा तीव्र गतिमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र गतिमा रहेको सुमो र मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै सवारी साधन सडकबाट केही मिटर तल निर्माणाधीन नालामा खसेका थिए । ठक्कर लगत्तै दुवै सवारी साधनमा आगलागी भएको र ती पूर्ण रूपमा जलेर नष्ट भएको बुझिएको छ ।

स्थानीय बासिन्दाहरूले तत्काल सूचना दिएपछि सखुवाप्रसौनी गाउँपालिकाको वरुण यन्त्र (दमकल) १० मिनेटभित्रै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार घाइतेमध्ये भारतको पूर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवाललाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा राति नै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५, पटनी बस्ने १९ वर्षीय रोशन कुमार बर्णवालको अवस्था गम्भीर रहेको पर्सा डिएसपी लम्सालले जानकारी दिए । उनको दुवै खुट्टा भाँचिएको र नाकबाट रक्तस्राव भएको लम्सालको भनाइ छ । हाल उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सुमो चालक घटनास्थलबाट फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी तीव्र पारेको जनाएको छ । प्रहरीले आसपासका सिसिटिभी फुटेज सङ्कलन गर्ने प्रयास गरिरहेको छ भने दुवै सवारी साधनलाई कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा राखिएको छ ।

डकैला प्रहरी चौकी र तालुक प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएर घटनाको अनुसन्धान भइरहेको छ । प्रहरीले चालकको लापरबाही र तीव्र गतिलाई दुर्घटनाको प्रारम्भिक कारण मानेको छ ।