
रौतहटको आठ पालिकाले ल्याए बजेट
रबिन्द्र प्रजापति, असार ०८ गते । रौतहट ।
रौतहटस्थित १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तहमध्ये आठ वटाले असार ७ गते अर्थात् नेपाल सरकारद्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याएको छ ।
असार ७ गते शनिबारसम्म रौतहटको आठ वटा पालिकाले बजेट ल्याएको छ भने दुई गाउँपालिकासहित आठ वटा पालिकाले बजेट ल्याउन सकेको छैन ।
हालसम्म बजेट ल्याउने पालिकाहरुमा राजपुर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका, माधव नारायण नगरपालिका, गरुडा नगरपालिका, बौधीमाइ नगरपालिका, गढिमाइ नगरपालिका र ईशनाथ नगरपालिका रहेको छ ।
आर्थिक वर्ष २०८२÷८३ का लागि राजपुर नगरपालिकाले ५७ करोड ५३ लाख ७८ हजार रुपैयाँ, कटहरिया नगरपालिकाले ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँ, गरुडा नगरपालिकाले ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ माधवनारायण नगरपालिकाले ५३ करोड ३५ लाख ८९ हजारको बजेट प्रस्तुत गरेका हुन ।
त्यस्तै, राजदेवी नगरपालिकाले ५६ करोड ८५ लाख २१ हजार २ सय १२ रुपैयाँ, बौधीमाइ नगरपालिकाले ४३ करोड ९० लाख ७६ हजार ९ सय ९ रुपैयाँ, ईशनाथ नगरपालिकाले बजेट ४९ करोड ६४ लाख ५२ हजार ४ सय ५७ रुपैयाँ, गढीमाई नगरपालिकाले ४९ करोड ६५ लाख ५२ हजार चार सय ९७ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
गौर नगरपालिका, वृन्दावन नगरपालिका, गुजरा नगरपालिका, चन्द्रपुर नगरपालिका, मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, परोहा नगरपालिका र दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन ।