कटहरियाका मेयर जैसवालले गरे विधार्थीलाई ३ लाख सहयोग

प्रकाश श्रेष्ठ । रौतहट । असार १७ गते ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ स्थित ढोलवाजा टोलका एक जना दलितलाई पठनपाठनको लागी कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालले लाखौं रुपैयाँ सहयोग गरेको छ ।

स्कॉलरशिपमा नाम निकालन सफल भएको ढोलबाजाका हरिनारायण दासको छोरा राधेश्याम दासलाई मेयर जैसवालले ३ लाख रुपैयाँ सहयोग गरेका छन । नाम निकालन सफल भए तर आर्थिक अवस्था कमजोर भएकोले पठनपाठन गर्न नसक्ने भएकोले मेयर जैसवालले सो बराबरको रकम सहयोग गरेका हुन ।

मेयरले गरेको सहयोग कार्यले अहिले चौतर्फी चर्चा चुलिएको छ । पिडित दासले मेयर जैसवाललाई धन्यवाद ज्ञापन समेत गरेका छन । दासले सहयोग पाएँपछि निकै हर्षित भएका छन । उनको स्कॉलरशिपको लक्ष्य अब पुरा हुने भएको छ ।

नगर प्रमुख अजय प्रकाशले सहयोग गरेको रकमले विद्यार्थी राधेश्याम दास लाई शैक्षिक लक्ष्यहरू पूरा गर्न धेरै सहयोग हुने विश्वास गरिएको छ ।

नगर प्रमुख अजय प्रकाश बाट सहयोग पाएका विद्यार्थी राधेश्याम दासले निकै खुशी हुँदै आफ्नो सामाजिक संजाल फेसबुक स्टाटस मार्फत कृतज्ञता व्यक्त गरेका छन ।