“प्रभु साह प्रधानमन्त्रीको बलियो दावेदार” – बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानद्वारा ‘मोवाइल’ छापमा मतदान गर्न आह्वान

रौतहट, १३ फागुन । दलित अभियन्ता एवं बहुजन शक्ति पार्टीका अध्यक्ष  विश्वेन्द्र पासवानले प्रभु साहलाई देशको प्रधानमन्त्री बन्न योग्य नेता भएको उल्लेख गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ छापमा मतदान गर्न मतदातालाई आह्वान गरेका छन् ।
रौतहट पुगेका पासवानले आम जनता पार्टी (आजपा) का अध्यक्ष साहको विकासमुखी कार्यको प्रशंसा गर्दै अब मुलुक निर्माणको जिम्मेवारी उनलाई दिनुपर्ने जिकिर गरेका हुन् । उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिह्नमा मतदान गरी साहलाई जिताएर संसद् पठाउन अपिल गरे ।
पासवानले साह प्रधानमन्त्रीका दावेदार समेत रहेको दाबी गर्दै भने, “आमूल परिवर्तन चाहने शक्तिहरू चुनावी मैदानमा आइसकेका छन् । अब परिवर्तनको समय आएको छ । साह पिछडिएको वर्ग, दलित, अल्पसंख्यक र मुस्लिम समुदाय सहित सबै समुदायका प्रखर नेता हुन् । उनलाई सम्मानका साथ भारी मतले जिताएर पठाउनुहोस् ।”
संविधान संशोधनदेखि लिएर समग्र विकास सम्मका एजेन्डा पूरा गर्न ‘मोवाइल’ चिह्नका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको कथन रहेको छ । रौतहट सहित देशव्यापी विकासको नेतृत्व साहले गर्न सक्ने दाबी गर्दै पासवानले सबै समुदायलाई एकजुट भएर मतदान गर्न आग्रह गरे ।