काँग्रेसको १५ औं महाधिवेशनबाट सह–महामन्त्रीमा फिरदोस आलम निर्वाचित

रौतहट, २९ असोज । नेपाली काँग्रेसको सम्पन्न १५ औं महाधिवेशनबाट काँग्रेसको युवा नेता मोहम्मद फिरदोस आलम सह–महामन्त्रीमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका चिरपरिचित प्रख्यात नेता अफताव आलमका छोरा आलम पार्टीको सह–महामन्त्रीमा निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट फिरदोस मधेशी क्लस्टरतर्फ सह–महामन्त्री पदमा निर्वाचित हुन सफल भएको छ ।
पार्टीको सह–महामन्त्रीमा निर्वाचित फिरदोस हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद रहनु भएको छ । उनले २९ हजार ५२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए ।
नेपाली काँग्रेसको तर्फबाट मधेश प्रदेशमा एक्ला उम्मेदवार हुन जसले विजय प्राप्त गर्न सफल भए । अब प्रतिनिधिसभा सदस्यसँगै पार्टीको केन्द्रीय पदमा समेत जिम्मेवारी पाएका फिरदोसको सह–महामन्त्रीमा निर्वाचित हुनुलाई रौतहटको कांग्रेसी राजनीतिमा कोशेढुंगा सबित हुने अपेक्षा गरिएको छ ।
निकै शालिन विचार एवं नरम स्वभाव भएका फिरदोस आलमको जितबाट रौतहटमा पुनः एक पटक काँग्रेसमा उर्जा थापिएको बताइएको छ । सह–महामन्त्रीमा निर्वाचित भएका फिरदोसलाई काँग्रेस प्रचार प्रसार विभाग मधेश प्रदेशले सफल कार्यकाल शुभकामना दिदै बधाई ज्ञापन गरेका छन् ।