फाइजरको खोप लगाए , बाइडेनले

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले खोप लगाइसकेका छन् जसमा उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसी रहेका छन् ।

आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण गरेको दोस्रो खोप पनि पठाउन सुरु गरिसकिएको छ । हालसम्म ५ लाखभन्दा बढी अमेरिकी नागरिकले खोप लगाइसकेको बताइएको छ ।

16 Push 077 final

‘खोप उपलब्ध हुँदा मानिसहरु यसलाई लगाउन तयार हुनुपर्छ भनेर देखाउन म यो खोप लगाउँदैछु,’ टेलिभिजनको प्रत्यक्ष प्रशारणमा खोप लगाउँदै बाइडेनले भने, ‘यसमा चिन्ता लिनुपर्दैन ।