रौतहटबाट स्रोत नखुलेकोे साढे १४ लाख नेपाली सहित एक जना भारतीय नागरिक पक्राउ

रबिन्द्र प्रजापति, पुस २६ गते रौतहट ।

रौतहटबाट स्रोत नखुलेकोे साढे १४ लाख नेपाली सहित एक जना भारतीय नागरिक पक्राउ परेको छ
जिल्लाको इशनाथ नगरपालिका वडा नं. २ औरैयाको नेपाल भारत सीमानामा रहेको मनमोहन द्वार नजिकबाट आइतबार अपराहन्न पौने ४ बजेको समयमा सशस्त्र प्रहरीको टोलीले साढे १४ लाख नेपाली रुपैयां सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्लाको तेल्हारा कला– ७ का ३९ वर्षीय संजय कुमार जयसवाललाई १४ लाख ५० हजार नेपाली नोट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहट र २ नम्बर बाहिनीबाट खटेको टोलीले भारतबाट नेपालमा अवैध रुपमा लुकाएर ल्याउंदै गरेको स्रोत नखुलेको रकम सहित जयसवाललाई पक्राउ गरिएको हो । बी आर ०५ एजी ८०५६ नम्बरको अपाची मोटर साइकलको गाडी तथा शरीरमा लुकाएर ल्याउंदै गरेको अवस्थामा पक्राउ परेको छ रकम , व्यक्ति तथा मोटर साइकललाई कानुनी कारवाहीको लागि जिल्ला भन्सार कार्यालयमा पठाईएको र जयसवालमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ

16 Push 077 final

रौतहटको इशनाथ नगरपालिका अन्तर्गतको महुलिया , बन्जरहा , मठिया , औरैया नाका नक्कली नोट , हुण्डी कारोवारको केन्द्र बन्दै गएको छ । सो नाकाबाट महिने पिच्छे रकम सहित भारतीय नागरिकहरु पक्राउ पर्दै आएका छन् ।