सर्लाहीमा तातो रक्सीमा डुबेर एक बालकको मृत्यु, आमा घाइते

रबिन्द्र प्रजापति, माघ ०९ गते रौतहट ।
सर्लाहीमा तातो रक्सीमा डुबेर एक बालकको मृत्यु भइको छ भने बालककी आमा घाइते भएकी छन्। शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा परेका थिए।
हरिवन नगरपालिका ८ बेताली निवासी मैया गुर्मछानका डेढ वर्षीय छोरोको तातो रक्सीमा डुबेर मृत्यु भएको हो।
बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल लगिएको थियो।
नमूनामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा दक्षिणकाली पुगेपछि बालकको मृत्यु भएको हो।
छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पालेको छ। उनको हातमा रक्सीले पोल्दा गहिरो घाउ लागेको छ।
बालकका बुवा रोजगारीको शिलशिलामा विदेशमा छन्। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

16 Push 077 final