रौतहटमा ट्याक्टरले किचदा एक बालकको गयो ज्यान

रबिन्द्र प्रजापति, माघ १३ गते रौतहट ।
रौतहटमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नं. ९ बडहरवा टोलमा विहीबार बिहान पौने ९ बजेको समयमा स्थानीय मनोज यादवले चलाएर अन टेस्ट नम्बरको ट्याक्टर रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा सडकमा खेलिरहेका स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवलाई पछाडिको चक्काले किच्दा घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपूरका इन्स्पेक्टर बिष्णु विश्वकर्माले जनाएको छ
मृतक बालकको शव पोष्टमार्टमकबा लागि जिल्ला अस्पताल गौर पठाइएको तथा फरार भएको मनोज यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!