पोखरीमा डुबेर सप्तरीमा एक बालकको गयो ज्यान

बौधिमाई न्यूज डेस्क, चैत २८ गते रौतहट ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. २ सिमराहा बस्ने ईन्द्र देव यादवका ८ वर्षीय छोरा देवराज यादवको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई गजेन्द्र नारायण सिहं अस्पताल राजबिराज सप्तरीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
आफ्नै मामा घर जिल्ला सप्तरी राजगढ गाउँपालिका वडा नं.४ स्थित घर नजिकै रहेको सार्बजानिक पोखरीमा आइतबार दिउँसो नुहाउने क्रममा डुबेर घाइते भएका थिए ।
शवको कानुन बमोजिम मुचुल्का लगायत पोष्ट मार्टम समेतको कार्य सम्पन्न गरि अन्त्येष्टिको लागि आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!