रौतहटमा राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालको उदघाटन
रबिन्द्र प्रजापति, चैत २७ गते रौतहट ।
रौतहटमा आज राष्ट्रपति विद्या देवी भण्डारीले अस्पतालको उद्घाटन गरेकी हुन् ।
जिल्लाको माधवनारायण नगरपालिका वडा नं.३ सखुअवामा गजेन्द्र स्मृति अस्पतालको राष्ट्रपति भण्डारीले उद्घाटन गरिएको हुन। गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान द्वारा निर्मित ३०० सैयाको अस्पतालको राष्ट्रपति भण्डारीले आइतबार उद्घाटन गरेकी हुन। डाक्टर डिम्पल झाले स्वास्थ्य अवस्था अत्यन्तै दैनिय भएपनि आफुले देखेको सपना आज पूरा भएको बताइन ।
उनले अस्पतालको बेडबाट आफू आएको हुँदा अस्पताललाई अघि बढाउन सबैको जिम्मेवारी रहेको ताहा सबै समुदायको धरोहर रहेकाले यसलाई जगेर्ना गर्नु पर्ने बताए । उद्घाटन र अवलोकन पछि राष्ट्रपति भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । रौतहट क्षेत्र नम्बर १ का निर्वाचित संघिय सांसद अनिल कुमार झाको विशेष पहलमा १५ बिगहा भन्दा बढिको क्षेत्रफलमा सो हस्पिटल निर्माण गरिएको हो । उदघाटन गरिएको गजेन्द्र स्मृति अस्पताल तराई मधेशको सबभन्दा ठूलो अस्पताल रहेको छ ।