मधेश प्रदेशमा सत्तागठबन्धनको बैठक बस्न सकेन

बौधिमाई न्यूज डेस्क, चैत २७ गते जनकपुरधाम ।
मधेश प्रदेशमा सत्तागठबन्धनको बैठक बस्न सकेको छैन् ।
स्थानीय तहको निर्वाचनका लागि विभिन्न प्रदेशमा तालमेलका लागि सत्तारुढ गठबन्धनको बैठक भइरहेको छ । तर, मधेश प्रदेशमा भने गठबन्धन दलको प्रदेशस्तरीय बैठक बस्न सकेको छैन ।
एक साता अघि मधेश प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधाम स्थित नेपाली काँग्रेसको मधेश प्रदेश कार्यालयमा बैठक बसेको थियो । सो बैठकबाट २२ गते सम्ममा आ–आफ्नो पार्टीको पालिका कमिटी देखि जिल्ला कमिटीसँग आ–आफ्नो संगठनको अवस्था बारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर आज पनि बैठक बस्न सकेको छैन ।

error: Content is protected !!