रौतहटमा नेपाली कांग्रेसकाे घर घर जाउ कांग्रेस जिताउ अभियान कार्यक्रम संम्पन
बैधिमाई न्यूज डेस्क, चैत २९ गते रौतहट ।
रौतहटमा नेपाली कांग्रेसको घर घर जाउ कांग्रेस जिताउ अभियान कार्यक्रम संम्पन भएको छ।जिल्ला सभापति सुनिल यादव उर्फ जितेन्द्रको सभापतित्वमा रौतहटको गरुडा स्थित श्री राम सुगर मिल्सको प्राङ्गणमा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि कल्याण गुरुङले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटको १८ वटा स्थानीय तहमा कांग्रेसलाई नै जिताउन सफल भए हाम्रो अभियान सफल हुने वहाले बिश्वास ब्यक्त गर्नु भयो । देशमा बढदै गएको गरिबी, बेरोजगारी र सुकुम्बासी समस्यालाई समाधान गर्न कांग्रेसले अबको ठुलो भुमिका खेल्नु पर्ने बताउनु भयो ।देशको अर्थतन्त्र चलायमान बनाउन रोजगारीको ग्यारेन्टी गर्नु पर्ने र त्यसको लागि कांग्रेसले नै गृहकार्य अगाडि बढाएको बताउदै कांग्रेसलाई जिताउन आग्रह गरे ।वहाले रौतहटका विभिन्न ठाउमा रहेको बाटोमा पुल नहुदा यहाका जनताहरुले भोग्दै आएको समस्यालाई र किसानहरुको समस्यालाई समाधान गर्न पार्टीले चाडैं भन्दा चाडै लागनु पर्ने बताए ।रौतहटमा आफ्नो नेतृत्वमा चलेको अभियान घर घर जाउ कांग्रेस जिताउको उपलब्धि आउदो बैशाख ३० गते थाहा हुने भन्दै त्यसलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुले अ आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए ।वहाले जिल्लाकै १८ वटा स्थानीय तहहरुमा अहिलेको अवस्था र जनताहरुले पाउनु पर्ने अधिकार के हो भन्ने त्यसलाई बुझ्न जरुरी रहेको कार्यकर्तालाई बताए ।अर्को प्रसंगमा बोल्दै उनले स्वास्थ्यको क्षेत्रमा रौतहटबासी ग्रसित रहेको बताउनु भयो ।
रौतहट जिल्लामा ईट्टा भटा बढी मात्रामा संचालन भई रहदा जसको कारणले गर्दा याहाका नागरि केन्सर रोगले ग्रसित हुने सम्भावना बढी रहेकाले जिल्लाकै लागि दुर्भाग्य रहेको बताउनु भयो । त्यसतै अर्का वक्ता परोहा नगरपालिकाका नगर प्रमुख शेख शाकिलले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेशमा बिकाशको सवालमा कुनै ठोस काम नगरी भ्रष्टाचारमा बढी लिप्त रहेको आरोप लगाउनु भयो । बिकास गर्नको लागि कुनै किसीमका बाधा अवरुद्ध नभए पनि लालबाबु राउतले पाँच वर्षिय कार्यकाल गफमै बिताएको भन्दै कडा बिरोध गरेका थिए ।मुख्यमन्त्रीले गर्न नसकेको काम एउटा स्थानीय तहले राम्रो संग गर्न सफल भएको बताउनु भयो । त्यसतै रौतहट क्षेत्र नं।४ का संघिय सांसद देव प्रसाद तिमल्सिनाले देशमा ठुल ठुला परिवर्तन कांग्रेसकै पालामा भएको भन्दै फेरि पनि देशमा आर्थिक सम्रिद्वी र अर्थतन्त्र चलाएमान बनाउन कांग्रेसलाई नै जिताउन सबै संग आग्रह गर्नु भयो ।देशमा कम्युनिस्टहरू लाई दुई तिहाइको बहुमत दिदा नागरिकले धेरै दुस्ख भोगिरहेको भन्दै कम्युनिस्टको नाममा भोट माङन आउने भएकाले त्यसबाट नेपाली जनताले सचेत हुनु पर्ने समय आएको बताउनु भयो ।सर्वहाराको नाममा पटक पटक भोट लि सत्ता स्वार्थमा डुबेका नेता वा पार्टी संग सावधानी अपनाई सचेत हुन सबैलाई आग्रह गरेका थिए ।त्यस्तै कार्यक्रमको अन्तयमा समापन गरिदै जिल्ला सभापति सुनिल यादव जितेन्द्रले अहिलेको चुनावी अभियानमा युवाहरूको भुमिका राम्रो हुने बिश्वास ब्यक्त गर्नु भयो ।देशको समग्र अवस्थालाई मध्य नजर गरिदै जिल्लामा पार्टीले लिनु पर्ने जिम्मेवारी प्रति आफू प्रतिबद्ध रहेको बताउनु भयो । घर घर जाउ कांग्रेसलाई जिताउ अभियान समापन कार्यक्रममा अभियानका रौतहट संयोजक केन्द्रीय सदस्य कल्याण गुरुङलाई पार्टीका पुर्व जिल्ला सचिव हृदय नरायण यादव, नव निर्वाचित जिल्ला सभापति सुनिल यादव उर्फ जितेन्द्र ,रौतहट क्षेत्र नं।४ का संघिय सांसद देव प्रसाद तिमल्सिना र कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरुले दोसल्ला ओढाएर समान्न गरेका थिए । गत फाल्गुन २९ गते देखि शुर भएको अभियान चैत आज २९ गते संम्पन भएको छ । कार्यक्रममा जिल्ला भरीबाट करिब पाँच हजारको संख्यामा कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थित रहेको पत्रकार तथा हाम्रा सहकर्मी सागर संगम ठाकुरले जानकारी दिनु भयो ।