मधेश प्रदेशमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल

रबिन्द्र प्रजापति २०७८ चैत्र ३० गते

आगामी वैशाख ३० गते तय गरिएको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले मधेश प्रदेशमा आवश्यकताको आधारमा गठबन्धन गर्ने सहमति गरेको छ ।

मंगलबार महोत्तरीको बर्दिबासमा प्रदेश कार्यदलको बैठकमा यस्तो सहमति
भएको हो ।

सत्तारूढ दलहरू आफैं बलियो र आफै भित्र प्रतिस्पर्धा हुने ठाउँमा चुनावी तालमेल नगर्ने र विपक्षी दल बलियो भएको ठाउँमा तालमेल गरेर जाने निर्णय भएको जनता समाजवादी पार्टी (जसपा) का प्रदेश अध्यक्ष रामबाबु यादवले जानकारी दिए।

उनका अनुसार यो सहमति पालिकास्तरमा मात्र लागु हुने छ भने वडाहरुमा हुने छैनछ।

‘वडामा गठबन्धन जरूरी छैन आ(अफ्ना हिसाबले लड्न पाउनेछ तर पालिकास्तरमा गठबन्धन भए प्रमुख र उपप्रमुखमा गठबन्धनलाई नै सबै दलले मत दिनुपर्ने सहमति भयो,’ उनले थपे।

16 Push 077 final

गठबन्धन हुने पालिकामा प्रमुखमा जितेकै दलको दाबी रहने उनले जानकारी दिए । यद्यपि जसपा र लोसपाका पालिका प्रमुख भएको ठाउँमा जसपाको दाबेदारी हुने र नेकपा एकीकृत समाजवादी र एमाले जितेका ठाउँमा समाजवादीको दाबेदारी हुनेछ।

पालिकास्तरमा दलहरूको स्थितिबारे रिपोर्ट लिन प्रदेश कार्यदलले वैशाख ३ गतेसम्म जिल्ला–जिल्लामा पुग्ने कार्यक्रम छ।

पाँच वटै दलका जिल्ला अध्यक्षहरूसँग छलफल गर्ने र गठबन्धनको आवश्यकता र मनसाय बुझ्ने कार्य हुने नेपाली कांग्रेसका प्रदेश कोषाध्यक्ष प्रदीप यादवले बताए।

उनका अनुसार प्रदेशस्तरको कार्यदल र सत्ता गठबन्धनका जिल्ला अध्यक्षहरूसँग कुन ठाउँमा गठबन्धन गर्नेरनगर्ने अन्तिम निर्णय गर्न वैशाख ४ र ५ गते बैठक बस्नेछ।

चार जिल्लाका एक दिन र चार जिल्लाको अर्को दिन बैठक बसेर आवश्यक स्थानमा गठबन्धनबारे अन्तिम निर्णय हुने कोषाध्यक्ष यादवले जानकारी दिए। यद्यपि उपमहानगरपालिका र महानगरपालिकामा गठबन्धनबारे केन्द्रले नै निर्णय गर्नेछ।