रौतहटमा एक जना प्रधानाध्यापक तीन लाख घुससहित अख्तियारको फन्दामा
रबिन्द्र प्रजापति, चैत ३० गते रौतहट ।
रौतहटमा एक जना प्रधानाध्यापक तीन लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौर स्थित बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्र कुमार झा रहेका छन् । उनीहरुलाई जिल्लाको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले दुबैजनालाई तीनलाख रुपैयाँ घुससहित मंगलबार बिहान पक्राउ गरेको हो ।
प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ । दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।