रबिन्द्र प्रजापति, चैत ३० गते रौतहट ।
सर्लाहीको सीमा नाका भएर भारत जान लागेका चारजना नेपाली महिलालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारत जान लागेका महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि बिओपी त्रिभुननगरले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप सोधपुछ तथा परामर्शका लागि माइती नेपाल सर्लाहीका ईन्चार्ज अमित यादवलाई जिम्मा लगाइएको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले जनाकारी दिए ।