रौतहट सहित मधेश प्रदेशमा जुडशीतल मनाइँदै, मधेश प्रदेशमा आज सार्वजनिक बिदा

रबिन्द्र प्रजापति, बैशाख २ गते रौतहट ।
रौतहट सहित मधेश प्रदेश मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ
प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।
बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिँदै पर्व मनाउने चलन रहेको छ
वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् ।
आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा रहेको छ ।
जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ ।
मधेश सरकारले जुडशीतलको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

error: Content is protected !!