सर्लाहीमा मिनी बसको ठक्करबाट एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, बैशाख ०४ गते रौतहट ।
सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ
सर्लाहीको मलंगवा नगरपालिका–१२ मा आइतबार मध्यान्ह सवा १२ बजेको समयमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायलाई ठक्कर दिदा राय गम्भीर घाईते भएको थिए । गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!