रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, बैशाख ०५ गते रौतहट ।
रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । आईतबार राती करिब १० बजेको समयमा जिल्लाको देवाहीगोनाही नगरपालिका वडा नं. ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल ठोक्किंदा यादव गम्भीर घाइते भएका थिए। घाईते भएका यादवलाई उपचारको लागि गरुडास्थित अस्पतालमा ल्याइएपछिचिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना परेको दुई वटै मोटरसाइकल नियन्त्रणमा रहेको तथा अर्को मोटरसाइकल चालक भने फरार रहेकाले खोजि भइरहेको इन्स्पेक्टर लम्सालले जनाएको छ ।

16 Push 077 final