सर्लाहीमा डिजे रथको ठक्करबाट एक बालिकाको मृत्यु

बौधिमाई न्यूज डेस्क, बैशाख १३ गते सर्लाही ।
सर्लाहीमा डिजे रथको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नं. ११ सिसौटिया घर भएकी ७ वर्षीया लक्ष्मीनिया पंडितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
सोमबार साँझ बसवरिया गाउँपालिका वडा नम्बर ४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए १५४६ नम्बरको डिजे रथको ठक्करबाट पंडितको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

16 Push 077 final