कुन पालिकामा कस्को अग्रता

रौतहट १ जेठ । जिल्लाको ९ वटा स्थानीय तहमा जारी रहेको मतगणनाको पछिल्लो परिणाम अनुसार ४ पालिकामा नेपाली काँग्रेस, ३ मा माओवादी केन्द्र, १ पालिकामा नेकपा एस र १ पालिकामा लोसपाको उम्मेदवार प्रमुख पदमा अगाडि छन ।
रौतहट सदरमुकाम गौरमा नेकपा एसका उम्मेदवार शम्भु साहले तेब्बर मतको फराकिलो अन्तरले अग्रतालाई कायमै राखेका छन । नेपाली काँग्रेसले राजदेवी,, परोहा, राजपुर र कटहरियामा बढत बनाएका छन् ।
यस्तै मौलापुर नगरपालिका र चन्द्रपुर, दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रको उम्मेदवारले निकटतम प्रतिद्धन्दी माथि अग्रता कायमै राखेको छ । इशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजवादीको उम्मेदवारले अगाडि छन ।
यो परिणाम बेलुका करीव साढे सात बजे सम्मको हो ।
वृन्दावन, माधवनारायण र देवाही गोनाहीमा अहिले सम्म मतगणना सुरु हुन सकेको छैनन् । गरुडा, गढीमाई, बौधीमाई, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाको १६ वटा मतदान केन्द्रमा यही ३ गते मंगलवार निर्वाचन हुने बुझिएको छ । सभार कलम पाटी

error: Content is protected !!