कटहरिया ५ मा दोस्रो कार्यकालको लागि सर्फलाल गुप्ता निर्वाचित

रबिन्द्र प्रजापति, जेष्ठ ६ गते रौतहट ।
रौतटह जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ मा काँग्रेसको उम्मेदवार सर्फलाल गुप्ता बिजयी भएका छन् । गुप्ताले ८ सय ९३ मत पाएका छन् । उनले आफनो निकटतम प्रतिद्वन्द्वी एमालेका वडाध्यक्ष उम्मेदवार राजनारायण साहलाई १२४ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
सो वडामा वडा सदस्यहरूमा काँग्रेसको पुरै प्यानल नै बिजयी भएका छन् । कटहरिया ५ मा दोस्रो कार्यकालको लागि सर्फलाल गुप्ता निर्वाचित भएका हुन् ।

error: Content is protected !!