बारामा एक युवकको घाँटी रेटीे हत्या गरेको आरोपमा दुई जना पक्राउ

बौधिमाई न्यूज डेस्क, जेष्ठ १० गते बारा
बारामा एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् । प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । गएको जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।

16 Push 077 final