पर्साबाट स्रोत नखुलेको रकम सहित एक जना पक्रउ

रबिन्द्र प्रजापति, जेष्ठ १२ गते रौतहट ।
पर्साबाट स्रोत नखुलेको रकम सहित एक जना पक्रउ परेका छन ।
जिल्लाको बीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीद टोलीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद सहित मनिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

16 Push 077 final