बैधिमाई
जेष्ठ १२ गते पर्सा ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी समान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । बीरगन्ज–१६ माईदिया पोखरी अगाडी बाईपास सडकखण्डमा प्रदेश ०१—००३ क ९३०४ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक लगायतको मालसमान लोड गरिएको ट्रक सूचनाको आधारमा नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।
ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सूचना अनुसार नै बिल बिजक भन्दा बढीको समान लोड गरिएको पाएपछि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको उनले बताए ।
ईलेक्टोनिक समान मालसमान सहित ४० लाख मुल्यांकन राखि थप कारवाहीको तथा अनुसन्धानको लागि राजश्व कार्यालय पथलैया पठाएको उनले बताए । सभार नेपाल पोष्ट डेली
पुरानाे समाचार